राती सुत्ने बेला मोबाइलको प्रयोगले कस्तो प्रभाव पर्छ त , महत्वपूर्ण जानकारी - Reporters7

Breaking

Post Top Ad

 


Monday, August 23, 2021

राती सुत्ने बेला मोबाइलको प्रयोगले कस्तो प्रभाव पर्छ त , महत्वपूर्ण जानकारी

  


एजेन्सी , 

मोबाइल फोन विशेष त फुर्सदको समय सुत्नेवेलामा धेरै मोबाइल चलाउनु स्वास्थ्यको हिसाबले अत्यन्तै नकारात्मक मानिने विभिन्न तथ्यहरुले देखाएको छ। अन्यसमय को तुलनामा सुत्नेबेला मोबाइल फोन चलाउँदा हुने नकारात्मक प्रभावहरु यस्ता छन्।

१. आँखा कमजोर हुनु

राति स्मार्टफोन चलाउँदा मानिसको आँखामा नकारात्मक असर पर्नजान्छ । रातिको समयमा स्मार्टफोनबाट आउने प्रकाश निकै तेजिलो हुन्छ, यसबाट स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु देखिनसक्छ । एक अध्यनका अनुसार अन्य समस्य भन्दा सुतेर मोबाइल चलाउनु आँखा सुरक्षाका लागि नकारात्मक मानिन्छ।

२. निद्रा नलाग्नु

राति स्मार्टफोन चलाउने बानीले मानिसको शरीमा उत्पादन हुने मिलेटोनिन हर्मोनमा नराम्रो असर पार्छ । यो हर्मोन मानिसको निद्राको लागि आवश्यक हुन्छ । यस्तोमा राति स्मार्टफोन चलाउँदा यो हर्मोन पनि कम हुँदै जान्छ र निद्रा आउँदैन । सुत्नेबेला लामो समस्य मोबाइल चलाए यो समस्या दिर्घकालिन बन्दै जान्छ।

३. क्यान्सरको जोखिम

राति स्मार्टफोन चलाउँदा क्यान्सरको जोखिम हुन्छ र ? धेरैलाई पत्यार नलाग्न पनि सक्छ तर स्मार्टफोनबाट निस्किने ब्लुलाइटले मिलेटोनिन हर्मोनको प्रभावित गर्छ । यो हर्मोनले एन्टि अक्सिडेन्ट प्रोपर्टीहरु हुन्छन्, जुन क्यान्सरका जीवाणुहरुसँग लड्का लागि सहायक हुन्छ । यो हर्मोन कम हुँदै जाँदा मानिसहरुमा स्तन तथा प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

४. स्मरणशक्ति कमजोर

राति धेरै स्मार्टफोन प्रयोग गर्ने बानीले मानिसको दिमागका साथै स्मरणशक्तिमा असर पर्नसक्छ । राति लामो समयसम्म स्मार्टफोन चलाउने बानीले मानिसको निद्रामा असर पर्छ, निद्रा पूरा हुन पाएन भने त्यसको असर मस्तिष्कमा बग्ने रगतमा पर्नसक्छ ।

५. छटपटी

राति लामो समयसम्म स्मार्टफोन चलाउँदा निद्रा पूरा हुँदैन र आराम मिल्दैन भने छटपटी हुनु स्वाभाविक हो । यस किसिमको छटपटीले अन्य समस्याहरु पनि निम्त्याउन सक्छ ।

६. डिप्रेसन हुने सम्भावना

राति सुत्ने समस्यामा स्मार्टफोनको प्रयोग गर्ने बानीले तनाव बढ्नुका साथै डिप्रेसन हुने सम्भावना पनि बढाउँछ । सामान्यतयाः मानिसमा निराशा छाएपछि मानिसहरुलाई डिप्रेसनले आक्रमण गर्छ । यस्तोमा राति लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्दा कुनै नयाँ अपडेट नआएको खण्डमा मानिसहरुमा निराशा छाउँछ र यसले डिप्रेसनलाई जन्म दिन्छ । 

No comments:

Post a Comment