गण्डकी प्रदेशमा कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्दो, आज मात्रै १२ संक्रमितको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, August 25, 2021

गण्डकी प्रदेशमा कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्दो, आज मात्रै १२ संक्रमितको मृत्यु


भाद्र ९, बुधबार गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । प्रदेशका बिभिन्न जिल्लामा गरेर आज पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको हो । 

यो संगै गण्डकी प्रदेशमा  हालसम्म  १ हजार २ सय ५९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्  । 

पछिल्लो २४ घण्टामा  ज्यान गुमाउनेहरुमा कास्की पोखरा महानगरपालिकाका ७ जना र  स्याङ्गजाका २ जना रहेका छन् भने बाग्लुङ्ग,पर्वत र तनहुँका १/१ जना रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै बुधबार पछिल्लो २४ घण्टामा  १ हजार ६ सय ७६ जनामा गरिएको परीक्षणमा थप ४९६ जनामासंक्रमण पुष्टि भएको छ । बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेशका बिभिन्न जिल्लामा सो संक्रमण पुष्टि भएको हो ।

जसमा कास्कीका  १ सय ९८ जना, नवलपुरका ९२ जना ,तनहुँका २९ जना,  गोरखाका २१ जना,  स्याङ्जाका २८ जना,बागलुङका ५९ जना, पर्वतका २५ जना,  म्याग्दीका ८ जना, लमजुङका ४ जना, मनाङ  र मुस्ताङका १६/१६  जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै गण्डकी -प्रदेशमा कोरोना संक्रमितको  संख्या ७९ हजार ८९६ पुगेको छ।

No comments:

Post a Comment