मादी गाउँपालिकाकि उपाध्यक्ष आचार्यद्वारा छात्राहरूको लागि सेनेटरी प्याड लगायतका सामाग्री वितरण - Reporters7

Breaking

Post Top Ad

 


Saturday, July 17, 2021

मादी गाउँपालिकाकि उपाध्यक्ष आचार्यद्वारा छात्राहरूको लागि सेनेटरी प्याड लगायतका सामाग्री वितरण

 

दीपक सुवेदी,

साउन २,कास्कीको मादी गाउँपालिकाकि उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेलबाट गाउँपालिका अन्तर्गातका बिद्यालय मा अध्यनरत छात्राहरूको लागि सेनेटरी प्याड, सेनिटरी प्याड भण्डिङ मेसिन वितरण गर्नु  भएको छ ।

उक्त  कार्यक्रममा शैक्षिक क्यालेन्डर, शिक्षक पाठयोजना डायरी,बैकल्पिक सिकाइ सहजिकरण सामग्रीहरु गाउँ  पालिका अन्तर्गत का विद्यालयका प्रधानाध्यापकहरुलाइ वितरण गर्नु भएको हो ।

 मादी गाउँ पालिकाका अन्तर्गतका ५१ वटै विद्यालयमा असारको अन्तिम साता उक्त सामाग्रिहरु तयारी तथा खरिद गरी  आज यक कार्यक्रम का बीच वितरण गरिएको हो । 

मादी गाउँ पालिकाका शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले कोभिडको कारणले विद्यालयमा भौतिक उपस्थितिमा सिकाइ सञ्चालन गर्न कठिनाइ परेको समयमा सिकाइ सहजिकरण सामग्रीहरुबाट विद्यार्थीको शैक्षिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनु  भयो ।

No comments:

Post a Comment