प्रदेश २ मा माओवादी केन्द्र पनि सरकारमा - Reporters7

Breaking

Post Top Ad

 


Saturday, July 17, 2021

प्रदेश २ मा माओवादी केन्द्र पनि सरकारमा

 


 प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।

माओवादी केन्द्रबाट भरत साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री हुने निश्चित भएको छ । उहाँसँगै रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुनुहुन्छ ।

माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन जसपाका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिइसक्नुभएको छ 


No comments:

Post a Comment