लुम्बिनी प्रदेश सभाको अधिवेशन मध्यराति अन्त्य - Reporters7

Breaking

Post Top Ad

 


Friday, July 16, 2021

लुम्बिनी प्रदेश सभाको अधिवेशन मध्यराति अन्त्य

 


साउन १, लुम्बिनी प्रदेश सभाको अधिवेशन मध्यराति अन्त्य गरिएको छ । मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले गएराति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको हो । 

यसअघि हिजो बजेट पारित गर्न निर्णायार्थ पेस गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेश सभा बैठकबाट हिँडेका थिए । बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गएराति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गर्नुभएको हो ।बजेट पारित गर्न नसकिने भएपछि लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन नै अन्त्य गरेको हो ।

 यो संगै सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

No comments:

Post a Comment