किन टिक्दैन नेपालमा दुईतिहाईको सरकार - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 21, 2021

किन टिक्दैन नेपालमा दुईतिहाईको सरकार

 


नेपालमा बि.स. २००७ सालमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भयो। राजा त्रिभुवन, नेपाली कांग्रेस, बाम घटकहरु सयुक्त प्रयासबाट प्रजातन्त्रको स्थापना भयो। 

केही समय नेपाली कांग्रेस र राणा मिलेर सरकार चलाए तर धेरै समय टिक्न सकेन अन्ततः सरकार विघटन भयो। त्यसपछी पनि विभिन्न सरकार बन्ने क्रम जारी रहयो, त्यसैबिच नेपालको संविधान २०१५ जारी भई नेपालमै पहिलो पटक २०१५ फागुन ७ गते आमनिर्वाचन सप्पन्न भयो। निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई १०९ मध्ये (७४) स्थानमा जित हासिल गरि बिपि कोईरालाको नेतृत्वमा सरकार गठन भयो। 

सबिधानत ५ बर्षको अवधी रहे पनि डेढ बर्ष पनि सरकार टीक्न नसकी सरकार बहिर्गमन हुन पर्यो। तत्कालीन समयमा मुख्य प्रतिपक्षी दल नेपाल प्रजापरिषद, सयुक्त प्रजातन्त्र पार्टी, नेपाल प्रजातान्त्रिक महासभा जस्ता दलले सरकारको व्यापक बिरोध गरे, सरकारले विपक्षीलाई आफ्नो हातमा लिन सकेन। 

तत्कालीन परिवेशलाई विश्लेषण गर्दा राजा महेन्द्रको महत्त्वकान्क्षा, पार्टी भित्रको किचलो जस्ता अनेक कारणले गर्दा बहुमतको सरकार असफल भयो, अन्ततः राजाले सबिधानको धारा ५५ प्रयोग गरि २०१७ पौष १ गते शक्ति आफ्नो हातमा लिने काम गर्नुका साथै दलहरुमाथी प्रतिबन्ध, दलका नेतामाथी शक्ति प्रयोग गरि गिरफ्तार गरियो। राजाले पन्चायती ब्यबस्थाको सुरुबाद गरि झन्डै ३० बर्ष प्रत्यक्ष शासन गरे। बिपि नेतृत्वको सरकारले बिर्ता उन्मुलन, राज्य रजौटा ऎन, जङ्गलको रास्ट्रियकरण, त्रिबिको स्थापना जस्ता महत्त्वपूर्ण काम गरेको पाईन्छ। 

पछिल्लो समय नेपालमा संविधान सभाबाट संविधान जारी भएर देशमा निर्वाचन भयो। लामो समयसम्म नभएको स्थानीय निर्वाचन र संघ, प्रदेशको निर्वाचन सप्पन्न भयो। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बिच गठबन्धन भई २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट झन्डै दुईतिहाई मत प्राप्त भई केपि शर्मा ओलि नेतृत्वको सरकार बन्यो। संविधान अनुसार ससदको ५ बर्ष समयावधि रहेको थियो। दुई बर्षसम्म प्रधानमन्त्री विरुद्ध अबिस्वासको प्रस्ताव ल्याउन नपाईने ब्यबस्था अनुसार अबिश्वासको प्रस्ताव आएन। 

करिब ३.५ बर्ष सरकार चलिरहदा पार्टी भित्रको आन्तरिक कलह, नेताहरुमा सत्ता मोह, पार्टीमा नेताहरुबिच अबिस्वास, गुटबन्दी लगायतका कारणले सरकार राम्रो सग सन्चालन हुन सकेन। पुर्ब माओवादी र एमाले बिच पार्टी एकता गर्ने सहमती भएपनी एकता हुन सकेन। प्रचण्ड र केपि शर्मा ओलि बिच बिगतमा भएका सम्झौता पालना नभएको माओवादी अध्यक्ष प्रचण्डले आरोप लगाए। त्यसै बिच प्रधानमन्त्री केपि शर्मा ओलिले २०७७ पौष ५ गते प्रतिनिधि सभा विघटन गरि बैशाखमा चुनाबको घोषणा गरे। त्यस विरुद्ध सर्बोच्च अदालतमा रिट निबेदन पर्यो गयो अन्ततः सर्बोच्चको फागुन ११ को फैसलाले उक्त विघटन बदर गरिदियो।

साथै अर्को फैसलाले नेकपा एमाले र माओवादी केन्द्र समेत ब्युताईदियो। केपि ओलिसग माओवादी लगायत आफ्नै पार्टीका माधब कुमार नेपाल र झलनाथ खनाल समुहले केपि ओलिको उक्त कदमको बिरोध गर्दै सडक र सदन दुबैमा बिरोध जनाए। उक्त सर्बोच्चको फैसलाले प्रधानमन्त्री केपि ओलिलाई पुन बिश्वासको मत लिनुपर्ने भयो। माओवादी माघब- नेपाल समूह र नेपाली कांग्रेस मिलि सेरबहादुर देउपालाई प्रधानमन्त्रीको रुपमा अघि सारे। उक्त बहुमत सदस्य सहितको हस्ताक्षर सहित देउबा, ओलि दुबै रास्ट्रपति मार्फत आ-आफ्नो नेतृत्वमा प्रधानमन्त्री चयन गर्न हस्ताक्षर सहित गएको भए पनि बहुमत नपुगेको कारण देखाई पुन ७८ जेठ ८ गते ससद विघटन भयो। त्यसबिरुद्द पनि सर्बोच्च अदालतमा रिट निवेदन पर्यो। सर्बोच्चको असार २८ को फैसलाले प्रधानमन्त्री शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्ति सिफारिस गरे अनुसार अन्ततः दुईतिहाईको सरकार विघटन भई नेपाली कांग्रेस, माओवादी, जसपा र एमाले( माधब-खनाल) समुहको समर्थनमा सरकार निर्माण भयो। 

नेपालको ईतिहासमा बहुमत सरकारले आफ्नो पूरा समय काम गर्न पाएन। बर्तमान कोरोना महामारीले विश्व आकान्ता पारिरहेको समयमा सरकार परिबर्तन, दलहरुको आसपी बेमेल देश र जनताको लागि दुर्भाग्य हो। नेतृत्वले सबैको बिचारलाई स्वीकार गर्न नसक्नु, नेताहरुमा आफू जसरी पनि सत्तामा पुग्न पर्छ भन्ने दाउपेच जस्ता कारणले जनताको अभिमत खेर गयो। यो अवस्था आउनुमा कुनै एक नेताको मात्रै दोष छैन, आ-आफ्नो ठाँउबाट सबै शिर्ष नेताहरु बराबर दोशी छ्न। अहम अहंकार, पदलोप, कसैले पनि छोडन सकेको भए सायद अहिलेको बर्तमान अवस्थाको सिर्जना हुने थिएन। नेपालमा पछिल्लो समय सासदहरु लोभ लालचमा पारी आफ्नो ब्यक्तिगत स्वार्थमा जे पनि गर्न सक्छ्न, आफुलाई फाईदा पुग्ने भएमा जे पनि गर्न पछि पर्दैन भन्ने गतिलो उदाहरण पछिल्ला नेताका गतिविधिले देखाएको पाईन्छ। 

नेपालमा ससदिय अभ्यासलाई गतिणिय खेलको अन्त्य, नेतृत्वको उच्च  क्षमता, पार्टीमा नयाँ नेतृत्वको प्रवेश गराई बिधिको शासन स्थापित गर्न सकेको खण्डमा मात्रै देशले निकास पाउनेछ। अन्ततः दलहरु लोकतन्त्रको सफल अभ्यास गर्दै एकजुट हुन सकेमा मात्रै  समृद्द नेपाल सुखी नेपालिको सपना साकार हुनेछ।

लेखक टि एन देवकोटा त्रिभुवन बिश्वविद्यालय अन्तर्गत  स्नातकोत्तर (एम.ए) मा अध्ययनरत हुनुहुन्छ  


No comments:

Post a Comment