सामुदायिक प्रहरी सेवा कास्कीद्वारा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 21, 2021

सामुदायिक प्रहरी सेवा कास्कीद्वारा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

 

दिपक सुबेदी  ,
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला  प्रहरी कार्यालय कास्कीका प्रमुख  प्रहरी उपरीक्षक  रमेश थापा  को आगमन सङै कोरोना संक्रमणका कारण घरमै  बस्न बाध्य  बिद्यालयका छात्र छात्रालाई मध्यनजर राख्दै आज  सामुदायिक विद्यालय कार्यक्रम अन्तर्गत सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

 कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१६  मा रहेको श्री प्रगति माध्यामिक  विद्यालयमा अध्ययनरत कक्षा  ९ र १० का विद्यार्थीहरूलाई अनलाईन माध्यामद्धारा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।उक्त  कार्यक्रम मा करिब १६० जना विध्यार्थी को अन्लाईन  उपस्थिति  रहेको थियो। जिल्ला प्रहरी कास्कीका प्र.ना.नि. होत बहादुर रोकाले उक्त कार्यक्रमको सञ्चालन गर्नुभई लागूऔषध दुर्व्यसनी, लागूऔषधको सेवनबाट हुने शारीरिक तथा मानसिक असर, लागूऔषध सेवनबाट छुट्कारा लिने तरिका तथा कानूनी व्यवस्थाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

No comments:

Post a Comment