भारतीय चलचित्र जगतका प्रख्यात अभिनेता दिलिप कुमारको निधन - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 7, 2021

भारतीय चलचित्र जगतका प्रख्यात अभिनेता दिलिप कुमारको निधन


असार २३,  भारतीय चलचित्र जगतका प्रख्यात अभिनेता दिलिप कुमारको निधन भएको छ । उहाँको आज बिहान ९८ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर शहरमा जन्मनु भएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।

दिलीप कुमारले करिब पाँच दशकको फिल्मी करियरमा ६५ वटाभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो । थोरै होउन् तर राम्रा होउन् भनेर उहाँले केही चलचित्रमा अभिनय गर्न अस्वीकार समेत गर्नुभएको थियो ।

उहाँका चर्चित सिनेमाहरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल-ए-आजम लगायत रहेका छन् । उहाँको अन्तिम चलचित्र किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।

No comments:

Post a Comment