गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल- Rseven - Reporters7

Breaking

Post Top Ad

 


Thursday, June 10, 2021

गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल- Rseven

 


जेष्ठ २७, गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल हुनुभएको छ ।

प्रदेश सभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मतमात्रै परे संगै गुरुङ विश्वासको मत पाउन असफल हुनुभएको हो  । 

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिनेमा उहाँले २७ मत मात्रै प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा भने ३० मत भएको छ । 

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमविक्रम शाहीले विपक्षमा मतदान गर्नुभएको छ ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित हुनुभयो भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहनुभयो ।

विश्वासको मत नपाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । अब संविधानको धारा १६८९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

No comments:

Post a Comment