केसी ग्रुप एण्ड कम्पनीद्वारा डेभिड फल क्लबको प्रिआइसोलेसनलाइ अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग - Rseven - Reporters7

Breaking

Post Top Ad

 


Thursday, June 10, 2021

केसी ग्रुप एण्ड कम्पनीद्वारा डेभिड फल क्लबको प्रिआइसोलेसनलाइ अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग - Rseven



जेष्ठ २७,  डेभिड फल  क्लबलाई केसी ग्रुपले  अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  

प्रिआइसोलेसन संचालन गरिरहेको डेभिड फल क्लबलाई केसी ग्रुप एण्ड कम्पनि ले अक्सिजनका  सिलिण्डर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको हो । 



सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै ग्रुपका निर्देशक किरण के सी ले  आवश्यक परे अन्य सहयोग पनि गर्दै जाने प्रतिबद्दता व्यक्त गरे ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै क्लबका अध्यक्ष पुष्प बरालले यो महामारीमा अफ्ठेरोमा परेकाहरुले आंफुहरुलाई खबर गर्न आग्रह गरे । त्यस्तै हाल क्लबले संचालन गरेको प्रिआइसोलेसन ले ८ जनालाई सहयोग गरिसकेको र हाल ३ जना आइसोलेसनमा रहेको यो अभियानका संयोजक सुमन आलेमगरले बताए ।

घरमा कोरोना संक्रमित भएर एवं  बिभिन्न कारणबाट घरमा बस्न समस्या भएकाहरुको लागि क्लबले सहयोग गर्दै आइरहेको छ ।

No comments:

Post a Comment