गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिँदै - Reporters7

Breaking

Post Top Ad

 


Friday, June 18, 2021

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिँदै

 


असार ४, आज  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिँदै छन् ।  बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज मत लिन लागेका हुन् ।

उनको सचिवालयका अनुसार आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको छ । 

आज विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तार गरिने बुझिएको छ ।

हिजो बाढी पीडितको अवस्था बुझ्न मनाङ पुगेका मुख्यमन्त्री पोखरेल  हिजै पोखरा फर्कने कार्यक्रम भएपनि मौसम खराबीका कारण उनीसहितको टिम मनाङमै बसेको थियो  ।


No comments:

Post a Comment