कोपा अमेरिका अन्तर्गत ब्राजिलद्वारा पेरुको पोस्टमा चार गोल - Reporters7

Breaking

Post Top Ad

 


Friday, June 18, 2021

कोपा अमेरिका अन्तर्गत ब्राजिलद्वारा पेरुको पोस्टमा चार गोल

 

असार ४,आयोजक ब्राजिलले कोपा अमेरिकामा लगातार दोस्रो जित हात पारेको छ ।  केहीबेरअघि सकिएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलले हराएको हो  । 

ब्राजिलको लागि ११ औं मिनेटमा एलेक्स सान्द्रो र ६८ औं मिनेटमा नेयमारले गोल गरे । यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोलगर्न सफल भए । रिचार्लिसनले इन्जुरी टाइमा गोल गरेपछि ब्राजिलले सहज जित हात पारेको हो  ।

लगातार दोस्रो जितपछि ब्राजिल ६ अंकसहित समूह बी मा शीर्ष स्थानमा छ । पेरु भने पहिलो खेलमै पराजित भएको हो ।

No comments:

Post a Comment