असार ६ , गत २४ घण्टामा २४४२ जना कोभिड– १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ३४५६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा नै ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल ५५५३२ जना सक्रिय संक्रमित रहेका छन् । ‘यो घट्दो दरमा छ,’ प्रवक्ता डा. पौडेलको भनाइ छ ।
No comments:
Post a Comment