पोखरा १७ द्वारा युवाहरुलाइ खेलकुद सामाग्री प्रदान - Reporters7

Breaking

Post Top Ad

 


Monday, June 28, 2021

पोखरा १७ द्वारा युवाहरुलाइ खेलकुद सामाग्री प्रदान

  


सागर गिरि,

पोखरा महानगर पालिका वडा नम्बर १७ ले युवाहरूलाई लक्षित गरि खेलकुद सामाग्री प्रदान गरेको छ ।

 आर्थिक २०७७ / ७८ को वार्षिक  कार्यक्रम अन्तरगत युवा कल्बहरु लाई खेलकुद सामग्री बितरण गरेको हो । वडा १७ का सचीव हेमराज काफ्लेका अनुसार सुचीकृत कल्बलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।  

सो खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा नम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीले हरेक युवाको शक्तिलाई  विभिन्न तवरले प्रोत्साहन गर्नुपर्ने बताए । त्यस्तै    कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले  वडा नम्बर १७ को भुगोल अनुसार बासिन्दाले हरेक बर्ष   ८ देखि १० करोड कर बुझाउने गरेको समेत बताए ।   

त्यस्तै  कार्यपालिका  सदस्य राधिका शाही योगिले शुभकामना मन्तब्य दिदै यो खेलकुद सामग्री बितरण कार्यक्रमले  आगामी दिनमा पनि  निरन्तरता दिने बताइन ।

पोखर महानगरपालिका खेलकुद बिकास समिती अध्यक्ष दिपक गोदारले कार्यक्रममा बोल्दै  नगरपालिकामा मात्र नभई खेलकुदलाइ अन्तर्राष्ट्रिय तहमा लैजाने तयारी भैरहेको बताए ।


No comments:

Post a Comment