अखिल क्रान्तिकारी कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न - Reporters7

Breaking

Post Top Ad

 


Sunday, June 20, 2021

अखिल क्रान्तिकारी कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न


असार ६, नेत्र बिक्रम चन्द `बिप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

अखिल (क्रान्तिकारी) कास्कीले  आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनको कार्यालयमा रक्तदान गरेको हो।

बढ्दो महामारीबीच आवश्यक रगत आपुर्तिमा कमी हुन नपाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम शुरु गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाले बताए  
त्यस्तै रक्तदान कार्यक्रम महामारीको कठिन परिस्थितिका बाबजुद पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिएको अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन पुनले जानकारी दिए। 

No comments:

Post a Comment