मुख्यमन्त्री गुरुङको पहिलाे निर्णयः काेभिड काेषलाई ४ कराेड- Repoter Seven - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, May 12, 2021

मुख्यमन्त्री गुरुङको पहिलाे निर्णयः काेभिड काेषलाई ४ कराेड- Repoter Seven


वैशाख २९, गण्डकी प्रदेशका  नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः पदभार सम्हाले लगत्तै गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गरेका छन् ।

सपथ लगत्तै मुख्यमन्त्रीकाे निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

नयाँ सरकार गठनको लागि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गरेको भए पनि संबिधान अनुसार बहुमत नदेखिए पछी  संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले  गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गुरुङले आफूमाथिको अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन गत वैशाख २६ गते राजीनामा दिएका थिए ।

No comments:

Post a Comment