गण्डकीको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा नियुक्त - Reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, May 12, 2021

गण्डकीको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा नियुक्त - Reporter seven


वैशाख २९, पोखरा |  गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बनेका छन् ।  गण्डकी प्रदेश प्रमुख सिता पाैडेलेले नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सरकारकाे मुख्यमन्त्रीमा पुन नियुक्त गरेकी हुन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै बैशाख २६ मा राजीनामा दिएपछि गुरुङ काम चलाउ सरकारका मुख्यमन्त्री थिए । 

पदबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पाैडेलले २६ गते दिउसाे ४ बजे ७२ घण्टाकाे समय दिदैं बहुमतकाे नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् । 

प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

No comments:

Post a Comment