रहेनन् गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधान - Reporters7

Breaking

Post Top Ad

 


Thursday, May 6, 2021

रहेनन् गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधान


वैशाख २३, गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानकाे निधन भएकाे छ । उहाँकाे काठमाण्डाैकाे सुन्धारामा रहेकाे न्युराे अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसाे निधन भएकाे हाे ।

छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएकाे थियाे ।

विसं १९९४ सालमा सिन्धुपाल्चाेककाे चौतारामा जन्मिएका प्रधानको आफ्नो समयका निकै चर्चित गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ । 

उहाँका 'घुम्तीमा नआऊ है', 'तिमीलाई अचेल कहाँ देखुँ', 'गाेरेटाे याे गाउँकाे', 'पर लैजाऊ फूलहरू' लगायत गीत लाेकप्रिय छन् । 

No comments:

Post a Comment