बिहिवार पोखरामा थप ४ संक्रमितको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Thursday, May 6, 2021

बिहिवार पोखरामा थप ४ संक्रमितको मृत्यु

 


पोखरामा थप चार जना कोरोना संक्रमितको ज्यान गएको छ ।  बिहीबार   चरक मेमोरियल अस्पतालमा एक जना र मणिपाल शिक्षण अस्पतालमा उपचाररत तीन  सहित चार जनाको मृत्यु भएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार मृत्यु हुनेमा पोखरा–३ का ८७ वर्षीय पुरुष, पोखरा–२९ का ४१ वर्षीय पुरुष, पोखरा–१७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका–२ की ७२ वर्षीय महिला रहेका छन ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।


No comments:

Post a Comment