शनिबार गण्डकी प्रदेशमा ३ संक्रमितको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Saturday, May 8, 2021

शनिबार गण्डकी प्रदेशमा ३ संक्रमितको मृत्यु


वैशाख २५,  शनिबार  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । 

 कास्की पोखरा महानगरपालिका वडा नं १३ की ४८ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा शुक्रबार बेलुका ५:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मुत्यु भएको हो  । उनमा  बैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो  । पोखरा महानगरपालिका वडा नं १० का ८१ वर्षीय कोरोना संक्रमित पुरुषको कोरोना संक्रमण पुष्टि भएकै दिन (शुक्रबार) उपचारको क्रममा मणिपाल  अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो ।

त्यस्तै  पर्वत कुश्मा नगरपालिका वडा नं १ का ४० वर्षीय पुरुषको उपचारको क्रममा २४ गते बेलुका ५:१८ बजे मेडिप्लस अस्पताल, पोखरामा मृत्यु भएको हो । उनमा  बैशाख ७ गते कोरोना पुष्टि भएको थियो  ।

यो संगै  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २५१ पुगेको छ ।

No comments:

Post a Comment