१९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Saturday, May 8, 2021

१९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि




वैशाख २५, १९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वैशाख २७ गते हुने विशेष अधिवेशनका लागि संसद सचिवालयले सांसदसहित संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलगायत १२३५ जनाको पीसीआर परीक्षण गराएको थियो । 

सचिवालयका अनुसार एक जना राष्ट्रिय सभाका सांसदसहित १९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

पीसीआर परीक्षण गरिएका मध्ये १२३४ जनाको रिपोर्ट प्राप्त प्राप्त भएको सचिवालयले जनाएको छ ।

सचिवालयले संक्रमित सांसदहरुलाई मतदानमा सहभागिताबारे विभिन्न विकल्पमा छलफल गरिरहेको छ ।

No comments:

Post a Comment