लायन्स क्लब डिस्ट्रीक ३२५ बी १ द्वारा स्वास्थ्य सामाग्री तथा कम्प्युटर वितरण - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 31, 2021

लायन्स क्लब डिस्ट्रीक ३२५ बी १ द्वारा स्वास्थ्य सामाग्री तथा कम्प्युटर वितरण


 लायन्स क्लब  डिस्ट्रीक ३२५ बी १ ले  स्वास्थ्य सामाग्री तथा कम्प्युटर हस्तान्तरण गरेको छ । क्लबले  बिभिन्न स्वास्थ्य चौकी तथा निकायहरुलाई विभिन्न स्वास्थ्य सामाग्री सहित कम्प्युटर उपलब्ध गराएको हो।  

क्लबले  पि. पि. ई.१० थान , पञ्जा १००० थान , मास्क २५०० थान , स्यानिटाइजर ५० लिटर , अक्सिमिटर १५ थान  तथा २ थान कम्प्युटर करिब रू एक लाख पचास हजार बराबरकाे सामाग्री  आँपपिपल सामुदायिक अस्पतालको लागि कम्प्युटर २ स्यानिटाइजर २० लि  , अक्सिमिटर ६ थान प्रदान गरेको छ  ।

 यसैगरी पालुङटार नगरपालिका स्वास्थ्य  महाशाखामा पि पि इ ८ थान , स्यानिटाइजर २० लि , मास्क २,००० थान , अक्सिमिटर ६ थान ,तथा पञ्जा ८०० थान प्रदान गरियो भने  बडडाँडा स्वास्थ चाैकीलाई स्यानिटाईजर १० लि , मास्क ४०० थान , पञ्जा २०० थान , पि पि इ २ थान तथा अक्सिमिटर ३ थान  संगैै स्थानियको लागि १०० थान मास्क प्रदान गरेको छ ।  हस्तान्तरण कार्यक्रममा अस्पताल का अध्यक्ष एवम् पालुङटार नगरपालिका का मेयर दिपकबाबु कँडेल, उपमेयर पम्फा बसेल, अस्पतालका प्रशासकिय प्रमुख बाबुराम गिरी , स्थानीय समाजसेवी  अशोक देवकोटा , बडडाँडा स्वास्थ्य चाैकी प्रमुख सुनिलजङ्ग  ठकुरी लगाएतको  उपस्थिति रहेको थियो भने पाेखराबाट लायन्स क्लब अफ पाेखरा डल्फिनका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ,   रिजन चेयर पर्सन   तिलक प्रसाद तिवारी तथा क्लस्टर प्रमुख ऋषि गिरीको उपस्थिति रहेको थियो ।

यो आपतकालीन समयमा सरकारको मुख मात्र नताकी सबैले आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने डिस्ट्रीक्ट ३२५ बी १ नेपालका क्लस्टर प्रमुख लायन ऋषि गिरीले बताए। 

No comments:

Post a Comment