चीनले दियो प्रत्येक जोडीलाई कम्तीमा तीन सन्तान पाउनका लागि अनुमति - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 31, 2021

चीनले दियो प्रत्येक जोडीलाई कम्तीमा तीन सन्तान पाउनका लागि अनुमति


 एजेन्सी, चीनले  अब प्रत्येक जोडीलाई कम्तीमा तीन सन्तान पाउनका लागि अनुमति दिइने भएको छ । चीनमा काम गर्न सक्षम जनसंख्या घट्दै गइरहेको भन्दै यस्तो निर्णय गरेको हो। 

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको पार्टी पोलिटब्यूरो बैठकमा एक जोडीलाई तीन सन्तान जन्माउनका लागि अनुमति दिने प्रस्ताव पारित गरिएको हो । 

काम गर्न नसक्ने वृद्ध मानिसहरूको संख्या बढ्दै गएपछि चिनियाँ कम्युनिस्ट पार्टीले यो निर्णय लिएको हो । 

यसले चीनको जनसंख्या संरचनालाई सुधार गर्ने र वृद्ध मानिसको संख्या बढ्दाखेरी आएको समस्यालाई निराकरण गर्ने अपेक्षा गरिएको छ । 

यससँगै चिनियाँ अधिकारीहरूले सुत्केरी बिदाको व्यवस्था र मातृ बीमाको प्रणालीमा सुधार ल्याउने पनि प्रतिज्ञा गरेका छन् ।

No comments:

Post a Comment