राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त - Reporters7

Breaking

Post Top Ad

 


Friday, May 7, 2021

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त


छैठाैं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक सामाजिक रूपान्तरण गरी समृद्ध देश र सुखी नेपाली बनाउने अभियानमा आमसञ्चार माध्यमको सशक्त भूमिका हुने बताउनुभएको छ  ।

उहाँले आमसञ्चार माध्यम मानवता, भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सधैं दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण र सम्वर्द्धन, सामाजिक न्याय र समानताको प्रत्याभूतिमा सरकार दृढ रहेको समेत बताउनुभएको छ ।

विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई सम्झेर नेपालमा राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ । ‘समृद्धिका लागि सञ्चार’ अभियानका साथ यसवर्ष छैठाैं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ ।

No comments:

Post a Comment