वैशाख १६ गते आइतबारको तपाइको राशिफल यसप्रकार छ - Aajako Rashifal - Reporters7

Breaking

Post Top Ad

 


Sunday, April 28, 2024

वैशाख १६ गते आइतबारको तपाइको राशिफल यसप्रकार छ - Aajako Rashifal




आजको राशिफल




मेष : समय खराब रहनेछ । आश्वासन पूरा हुन कठिन छ । महत्वाकांक्षा ठूलै भए पनि उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तन मनन् गर्दा राम्रो हुनेछ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कार्य आदिबाट लाभ हात पार्न समस्या हुनेछ । उच्च वर्गसँग सम्पर्क स्थापित हुँदा केही महत्वाकांक्षा पनि बढ्न सक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ ।




मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।




वृष : समय शुभ छ । आज प्रतिस्पर्धामा विजय र प्रख्याती मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्ययन अध्यापन एवं सन्तानबाट पनि सन्तोष लिन सकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्न सक्ने र प्रेमाभिलाषिहरुको लागि प्रेम सम्बन्ध जोडिन सक्ने योग छ । आज माता भुवनेश्वरीको भक्तिभाव राम्रो हुनेछ ।




वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।




मिथुन : समय शुभ छैन । । संघर्षको अनुभूति हुन सक्ने ग्रहगोचर परेकोछ । आज काम कार्य सम्पादन गर्दा आलोचना र अपजसको सामना गर्नपर्ने देखिन्छ । हतास। मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न सकिनेछ । अनिवार्य बाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखे कै उचित हुनेछ । संघर्षको बाबजुत पनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ हासिल गर्न सकिने छ ।




मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।




कर्कट : समय महत्वपूर्ण छ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिनचर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्न सकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवामा पनि अनुकूलता देखिएको छ ।




कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।




सिंह : समय खराब छ । ज्ञानशक्ति तथा विद्याको अहं बढ्न सक्ने छ । गोचरले त्यति साथ दिएको देखिँदैन । पहिला फुर्ति र पछि पछुतो पर्न सक्ने छ । मान्छेहरुको विश्वास गर्नाले पश्चाताप पर्न सक्ने सम्भावना छ होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आश्वासन पूरा हुन गाह्रो परे पनि संयमपूर्वक काम गर्नुहोला । लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्ने छ ।




सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।



कन्या : समय शुभ रहनेछ । ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवं खुशीयालीप्रद रहनेछ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यमा लाभ एवं सफलता प्राप्त हुनेछ ।




कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।




तुला : समय मध्यम खालको छ । केही अदृश्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्व पाउनेछैन । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवं समाज सेवाका कार्यमा पनि सरिक हुने मौका मिल्न सक्ने छ । सञ्चित धनको अपव्यय हुन सक्ने छ ख्याल पुर्याउनु होला । सकभर पश्चिम दिशाको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।




तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।




वृश्चिक : आज पनि समय भरपर्दो छैन । काममा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नु होला । केही संघर्ष एवं प्रतिकूलताको बाबजूद आकस्मिक आयआर्जन तथा उपलब्धि प्राप्त गर्न सकिनेछ । देश विदेशको यात्रा हुन सक्ने छ । दान दातव्य एवं मान्यजनको दर्शन भेट आदिका लागि पनि दिन उपयुक्त रहेको छ । माता इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।




वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ ।




धनु : समय शुभ रहने छैन । आँटिलो एवं साहसिलो हुँदाहुँदै पनि केही अवरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुत पनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । विशेष काम बनाउन सूर्यदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु मनासिव हुनेछ । काम कार्यमा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ । टाढाको यात्रामा झण्झट हुन सक्ने देखिएको छ ।




धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।




मकर : आज पनि समय राम्रो रहनेछ । चन्द्रमा लगायतका ग्रहहरुको प्रतिकूल अवस्थाले स्वास्थ्य राम्रो रहनेछ । समयको प्रतिकूलतालाई नबुझि अघि बढ्नाले पश्चातापमा पान सक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहार विहारमा होसियारी अपनाउने र फजुल खर्चका विषयमा मन नदिनु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्न सक्नु हुनेछ ।




मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ ।




कुम्भ : आज दिन तथा समय राम्रा छन् । दैनिकी काम तथा पेशामा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि योजना हुन सक्नेछ । मान्यजनसंगको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवामा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणका लागि भगवान सूर्यदेव र माता इन्द्रायणीको आराधना तथा उपाशना गर्नु हितकर हुनेछ ।




कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै महत्वपूर्ण काम पूर्व केराको बोटमुनी दियो बाली हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।




मीन : आज पनि समय खराब नै रहनेछ । दिन प्रतिकूलता बढ्न सक्ने खालको गोचर परेको छ । यात्रा, लेनदेन र नयाँ निर्णय नगर्नुहोला । शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष गर्नुपर्नेछ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने छ । दिनमा २ बजेपछि तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आज पूर्व दिशाको यात्रा उपयुक्त छैन ।




मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।


No comments:

Post a Comment