आज मङ्सिर २८ गते बिहिबारको तपाईको राशिफल - Aajako Rashifal - Reporters7

Breaking

Post Top Ad

 


Thursday, December 14, 2023

आज मङ्सिर २८ गते बिहिबारको तपाईको राशिफल - Aajako Rashifal

 

मेष : मेष राशि भएकाहरूका आज पनि समय शुभ छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।


वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्नेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छा विपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।


मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ । एकान्त वास र एकाग्र चिन्तनमा मन रमाउनेछ । टाढिएका आफन्त नजिकिनेछन् । घरायसी काममा समय बित्नेछ ।


कर्कट : कर्कट राशिका लागि आज भने समय शुभ छ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईस्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ढिलो गरी प्रारम्भ भए पनि पनि प्रतिष्ठित काम गर्ने मौका छ ।


सिंह : सिंह राशि भएकाहरुका लागि आज पनि समय राम्रो छैन । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । दोहोर्याएर प्रयत्न गर्दा भने काम बन्न सक्नेछ ।


कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहनेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।


तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय राम्रो छैन । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल पनि प्रभावित हुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न समय लाग्नेछ । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र आफ्ना काम पूरा नहुन सक्छन् । तापनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्न सक्हुनछ । सतर्क हुनुहोला ।


वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय राम्रो छ । समय लागे पनि आँटेको काम सम्पादन हुनेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरूले साथ दिनाले चिताएका काम बन्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।


धनु : धनु राशिका लागि आज पनि समय मध्यम खालको रहनेछ । धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेशाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।


मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ । तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ ।


कुम्भ : कुम्भ राशिका लागि आज पनि समय राम्रा छैनन । आम्दानीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ । नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ ।


मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दु:ख पाइएलाख । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।

No comments:

Post a Comment