तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किए पछि - Rseven - Reporters7

Breaking

Post Top Ad

 


Thursday, December 22, 2022

तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किए पछि - Rseven


 रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर गएराति दुई जनाको मृत्यु भएको हो ।


शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


बुटवलबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाइकल करिब २ बजे दुर्घटनामा परेको थियो । तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

No comments:

Post a Comment