स्याङ्जाकी एक महिलाले गरिन अर्को लोग्ने सँग जानकै लागि ६ महिने बालिकाको हत्या - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Sunday, August 7, 2022

स्याङ्जाकी एक महिलाले गरिन अर्को लोग्ने सँग जानकै लागि ६ महिने बालिकाको हत्या - Syangja Update


स्याङ्गजामा प्रेमिकाकै लागि आफ्नी छोरीको हत्या गरेको आरोपमा एक महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको  । 

पाल्पा का आफ्ना प्रेमी सँग विवाह गर्नकै निमित्त आफ्नी ६ महिनाकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले आमा सहित उनका प्रेमीलाई पक्राउ गरेको जनाएको छ  । प्रहरीले स्याङ्गजा गल्याङबाट २२ वर्षीय लक्ष्मी राना सहित पाल्पा घर भएका उनका प्रेमी २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको हो  ।


आफ्नी बुहारी ६ महिनाकी छोरी सहित हराएपछि ससुराले गएको साउन १२ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले  अनुसन्धान थालेको थियो  ।


रानाले  साउन १० गते राति १२ बजे  ६ महिनाको छोरीलाई  उनको  अस्थायी ट्वाईलेटको खाल्टोमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ ।  खोजतलास गर्दै जाँदा सोही खाल्टोमा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको हो ।  

प्रहरीका अनुसार  घटनाका  सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

No comments:

Post a Comment