अमेरिकामा रहेका नेपाली युवाहरु आवद्द 'पोखरा एक परिचय'को दोश्रो साधरण सभा सम्पन्न - Update - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 2, 2022

अमेरिकामा रहेका नेपाली युवाहरु आवद्द 'पोखरा एक परिचय'को दोश्रो साधरण सभा सम्पन्न - Update


 डि आर काफ्ले ,

अमेरिकामा रहेर सामाजिक कार्यमा योगदान दिइरहेको संस्था 'हाम्रो पोखरा' नामक संस्थाले आफ्नो दोश्रो साधरण सभा सम्पन्न गरेको छ ।

 संघठनको दोस्रो भेलाले किशोर रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा निराजन बडगामी र अशोक राना चयन हुनुभएको छ भने सचिवमा कुमार गुरुङ रहनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा दिपेश गुरुङ संगै सदस्यहरुमा वसन्त कुमार श्रेष्ठ , सन्तोष गुरुङ, बुद्दिश दुरा,मनोज सापकोटा , कृष्ण तामाङ र सन्दिप गुरुङ चयन हुनुभएको सचिव कुमार गुरुङले बताउनु भयो ।

 



अमेरिकामा रहेका पोखरेली युवाहरुले  हाम्रो पोखरा एक परिचय अभियान सुरु गरेका छन । 

विभिन्न शिलशिलामा अमेरिकामा छरिएर रहेका पोखरेली युवाहरु नेपालकै सुन्दर अनि पर्यटकिय नगरी पोखराको चिनारीमा जुटेका हुन ।

पोखरा तथा पोखराको पेरि फेरी का युवाहरूद्वारा  पोखरा चिनारीकै निमित्त  पोखरेलि दाजूभाइ, दिदीबहिनीहरूले एक आपसमा हातेमालो गर्दै प्रगति र उन्नतीको पथमा लम्किन सहयोग पुग्ने संस्थाको रुपमा समेत स्थापित गरेका छन । 

No comments:

Post a Comment