स्याङ्गजाका रानाको मोटरसाइकल दुर्घटनाबाट ज्यान गयो - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, December 28, 2021

स्याङ्गजाका रानाको मोटरसाइकल दुर्घटनाबाट ज्यान गयो - Syangja Update


 सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा स्याङ्गजाका  एक जनाको ज्यान गएको छ  ।

तिनाउ गाउँपालिका ३ अर्घाछापस्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा स्याङ्जा कालीगण्डकी गाउँपािलका १ छाप छापडाडा घर भएका ३७ वर्षीय टिका रानाको ज्यान गएको हो ।


पाल्पाबाट बुटवल तर्फ जाँदै गरको लु ४९ प २०७७ नम्बरको मोटरसाइकल सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ४२६९ नम्बरको बससँग ठक्कर खाँदा हाल रुपन्देही तिलोत्तमा नगरपालिका ३ बनवाटीका बस्दै आउनुभएका स्याङ्गजाका रानाको ज्यान गएको हो ।


घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

No comments:

Post a Comment