पुनः स्याङ्गजामा सुकेको गाँजा सहित एक जना पक्राउ- Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Saturday, December 18, 2021

पुनः स्याङ्गजामा सुकेको गाँजा सहित एक जना पक्राउ- Syangja Update


स्याङ्गजामा प्रहरीले पुनः सुकेको गाँजा सहित १ जनालाइ पक्राउ गरेको छ  ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला स्याङ्जा पुतलीबजार न.पा. वडा नं. ०१ ट्याक्सीचोकबाट एक जनालाई पक्राउ गरेको हो  ।


पाल्पाको पूर्व खोला गाउँपालिका वडा नं. ०४ बस्ने बर्ष २३ को मिलन थापा मगरलाई शंकास्पद अवस्थामा  फेला पारी खानतलासी गर्दा  झोला भित्र  लुकाई छिपाई राखेको ६०० (छ सय) ग्राम अवैध लागू औषध गाँजासहित  फेला पारेको हो ।


उनलाई  “लागुऔषध (गाँजा) सम्बन्धी कसुर मुद्धा” दर्ता गरी  सम्मानित स्याङ्जा जिल्ला अदालतबाट  १० दिन  म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

No comments:

Post a Comment