जबर्जस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाईदिन्छु भनी ठगी गर्ने ब्यक्ती पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Friday, December 3, 2021

जबर्जस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाईदिन्छु भनी ठगी गर्ने ब्यक्ती पक्राउ


जबर्जस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाईदिन्छु भनी ठगी गर्ने ब्यक्तीलाई प्रहरीले  पक्राउ पक्राउ गरेको छ ।

महानगर प्रहरी महाशाखाका अनुसार पूरा विवरण यस्तो छ : 

घटना विवरण : 

    जबर्जस्ती करणी उद्योग मुद्दामा मिति २०७८।०३।१८ गते पक्राउ परी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका चाईनिज नागरिक LIU YUE लाई थुनामुक्त गराई दिन्छौ भनि निज चाईनिज नागरिकको श्रीमती जिल्ला चितवन रत्ननगर  न.पा. वडा नं. ३ टाँडी घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा बस्ने कमला भुषालसँग  जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा वडा नं. १० घर भई हाल का.जि बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा शान्तिकोलोनी बस्ने बर्ष २७ की रबिना थापाले मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन्, उनले न्यायाधिश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई तपाईको श्रीमान् लाई धरौटीमा छुटाई दिन्छु, सेटिङ गर्नको लागि खर्च लाग्छ, मैले भने अनुसार रकम दिदै जानु, तपाईको श्रीमान् लाई निकाली दिन्छौ भनी बिस्वास दिलाई प्रलोभनमा पारी छुटाई दिने भनि रु २० लाख रकम लिई ठगी गरेको भनी निज कमला भुषालले रविना थापा र मञ्जु ओलीका विरुद्ध यस महाशाखामा जाहेरी दरखास्त पेश गरेकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले  मिति २०७८।०८।१२ गते  १७:३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा वडा नं. १५ छाउनीबाट प्रतिवादी रबिना थापालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा मिति २०७८।०८।१३ गते आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको ।


पक्राउ परेका व्यक्ति:-  

                                                                                                                         

नाम :- रबिना थापा

उमेर :-  २७ वर्ष 

वतन :- जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा वडा नं. १० घर भई हाल का.जि बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा  बस्ने ।


मितिः २०७८।०८।१३ गते ।

No comments:

Post a Comment