कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी, छुटेकाहरुको पुन परिक्षा हुँदै -NEB - Reporters7

Breaking

Post Top Ad

 


Thursday, November 25, 2021

कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी, छुटेकाहरुको पुन परिक्षा हुँदै -NEB


कक्षा १२ को परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले  मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने जनाएको  छ । 

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने  बोर्डले जनाएको हो ।


देशभरबाट  तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए  ।


त्यस्तै भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने पनि  भएको छ । परीक्षार्थीहरुले सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाइने समेत बोर्डले जनाएको छ  ।


बोर्डका अनुसार  यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् ।

No comments:

Post a Comment