सोमबार देशभर ३६७ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Monday, November 22, 2021

सोमबार देशभर ३६७ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु



पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी, दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा २५८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा चार जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ ।


यसैगरी देशमा हालसम्म सात हजार २६९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

No comments:

Post a Comment