नेपालमा हाल कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत - Reporters7

Breaking

Post Top Ad

 


Saturday, November 13, 2021

नेपालमा हाल कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत


पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी, तीन हजार १८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७२ पुगेको छ ।

No comments:

Post a Comment