३१३ जना नयाँ सङ्क्रमित थपिए, नौको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, November 23, 2021

३१३ जना नयाँ सङ्क्रमित थपिए, नौको मृत्यु


 पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ७२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी, एक हजार ४४५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा २७३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ ।

No comments:

Post a Comment