बीस दिन अगाडी सामूहिक बला'त्कार गरेर फरार रहेका तीनजना आरो'पी पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Monday, November 8, 2021

बीस दिन अगाडी सामूहिक बला'त्कार गरेर फरार रहेका तीनजना आरो'पी पक्राउ


कार्तिक २२, बीस दिन अगाडी सामूहिक बलात्कार गरेर फरार रहेका तीनजना आरोपी पक्राउ परेका छन् । 


कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका ३ जना  पक्राउ  परेका हुन्  ।


पक्राउ पर्नेमा  पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ  ।


२२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको भनि पीडितले  कात्तिक ४ गते प्रहरीमा  जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।


यता आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दाबी गरेका छन् । 


मुलुकी अपराधसंहिता २०४७ को परिच्छेद १८ को दफा २१९ बमोजिम अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्टि भएमा सातदेखि दस वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।


No comments:

Post a Comment