राष्ट्र बैंकद्वारा ब्याजदरबारे नयाँ सर्कुलर जारी ,बैंकले कति व्याजदर राख्न पाउने भए त - Reporters7

Breaking

Post Top Ad

 


Monday, November 15, 2021

राष्ट्र बैंकद्वारा ब्याजदरबारे नयाँ सर्कुलर जारी ,बैंकले कति व्याजदर राख्न पाउने भए त


 कात्तिक २९ गते । बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थाहरूले मङ्सिरदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरिरहेका बेला ब्याजदरबारे राष्ट्र बैङ्कको नयाँ निर्देशन आएको हो ।
नयाँ निर्देशनअनुसार इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर कल निक्षेपबाहेकको औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ ।
ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दर समायोजन गर्नुपर्ने निर्देशनमा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सक्ने व्यवस्था हटाएको खबर गोरखापत्रमा छ ।

No comments:

Post a Comment