रात्री बस दूर्घटनामा पाँचको ज्यान गयो , २७ जना घाइते - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 28, 2021

रात्री बस दूर्घटनामा पाँचको ज्यान गयो , २७ जना घाइते


जाजरकोटमा बस दुर्घटना ५ जनाको मुत्यु भएको छ । आज विहान बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।


नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको छ ।


जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि लगिएको छ ।


राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment