निर्वाचनको चार वर्षपछि पुन : मतगणनामा सो समयमा हारेका व्यक्ति अहिले विजयी-rseven - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 24, 2021

निर्वाचनको चार वर्षपछि पुन : मतगणनामा सो समयमा हारेका व्यक्ति अहिले विजयी-rseven


निर्वाचनको चार वर्षपछि महोत्तरीको एउटा वडाको मतगणनामा मत परिणाम उल्टिएको छ ।  

पराजित उमेदवारले मुद्दा दर्ता गरेसंगै  अदालतले दिएको  पुनः मतगणना गर्ने आदेशअनुसार आज पुनः मतगणना हुँदा परिणाम उल्टिएको हो ।

०७४ असोज २ गते स्थानीय तहमा निर्वाचन भएको ६ दिनपछि त्यहाँको नतिजा सार्वजनिक गरिएको थियो । 

यो संगै मतगणनामा स्वतन्त्रबाट उम्मेद्वारी दिएका रमेशकुमार रायको पक्षमा २६८ मत आएर उनि नै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको छ।

पराजय अस्वीकार गर्दै रायले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

No comments:

Post a Comment