प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको भनाइ- reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, October 26, 2021

प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको भनाइ- reporters7


कार्तिक ९, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हालसम्म प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामाका लागि तयार रहेको बताउनुभएको छ  ।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका १४ जना न्यायाधीशबीचको छलफलमा १४ जनाका तर्फबाट एक न्यायाधीशले प्रधानन्यायाधीशले नै निकास दिनु पर्ने बताउनुभएकोमा प्रधानन्यायाधीश जबराले हालसम्म प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामाका लागि तयार रहेको बताउनुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।


सडकबाट मागिएको आधारमा नभइ संवेधानिक विधिबाट मात्रै आफ्नो अवकाश हुनु पर्ने अडान प्रधानन्यायाधीश जबराले राख्नुभएको समेत बताइएको छ  ।


यसैबीच नेपाल बार एसोसिएसनका सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराको राजीनामाका लागि दवावमूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको बार पदाधिकारीहरुले जानकारी दिएका छन् । 


सल्लाहकारहरुको सुझावबारे बारको बैठकमा छलफल भइरहेको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।


प्रधानन्यायाधीश जबरामाथि न्यायपालिकाका विकृति रोक्ने प्रतिवेदन कार्यान्वयन नगरेको र जेठानलाई मन्त्री बनाउन भनसुन गरेको लगायत विभिन्न आरोप लगाएर राजीनामा माथिएको हो ।

No comments:

Post a Comment