नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग एक मतले राजीनामा माग्ने-reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 27, 2021

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग एक मतले राजीनामा माग्ने-reporters7


कार्तिक १०, नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग एक मतले राजीनामा माग्ने निर्णय गरेको छ ।


मंगलबार बसेको बार एसोसिएसनको बैठकले प्रधानन्यायाधीशले सहज निकास नदिए देशैभर चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो ।


नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको महासचिव लीलामणि पौड्यालले जानकारी दिनुभयो ।


बैठकले न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि आलोचना गरेको छ । त्यस्तै, नेपाल बारले संविधान संशोधनको विषय पनि उठाएको छ ।


संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको सहभागिता, संसदीय सुनुवाइमार्फत न्यायाधीशको नियुक्ति लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने नेपाल बारको ठहर रहेको पौड्यालले जानकारी दिनुभयो ।


यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको भेटघाटमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन अस्वीकार गर्नुभएको थियो ।

No comments:

Post a Comment