विश्वमा सबैभन्दा बढी रोजगार दिने रोजगारदाता कम्पनीको पहिलो सुचिमा सामसङ-reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, October 26, 2021

विश्वमा सबैभन्दा बढी रोजगार दिने रोजगारदाता कम्पनीको पहिलो सुचिमा सामसङ-reporters7


एजेन्सी, 

विश्वमा सबैभन्दा बढी रोजगार दिने रोजगारदाता कम्पनीको पहिलो सुचिमा सामसङ इलेक्ट्रोनिक्स परेको छ ।


विभिन्न ७ सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीको प्रतिस्पर्धामा रोजगारदाता कम्पनीको हिसाबले  सामसङ अगाडि देखिएको  हो ।


विश्वप्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनोटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले सबैभन्दा धेरैलाई रोजगार दिने कम्पनीको एक नम्बरमा परेको हो  ।


त्यस्तै सामसङ पछि दोस्रो स्थान आईबीएमले लिन सफल भएको छ । यस्तै, तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमेजोन, एप्पल, अल्फाबेट, डेल, हुवावे, एडोव, बीएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरबस, डा.वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन् ।

No comments:

Post a Comment