सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता-reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 25, 2021

सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता-reporters7


 सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीचको भेटवार्तामा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने बिषयमा छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भएको वार्तामा सो बिषयमा  छलफल भएको बताइएको छ 


भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषय संगै  नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने बिषयमा समेत छलफल भएको छ ।

No comments:

Post a Comment