छोरेपाटन मावि बिज्ञान संकायका बिधार्थीहरुद्वारा पुम्दिभुम्दीमा अबस्थित महेश्वरि माविमा शैक्षिक सामाग्री बितरण - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, October 5, 2021

छोरेपाटन मावि बिज्ञान संकायका बिधार्थीहरुद्वारा पुम्दिभुम्दीमा अबस्थित महेश्वरि माविमा शैक्षिक सामाग्री बितरण


दिपक सुवेदी,

कास्कीको पोखरा महानगरपालिका वार्ड न १७ मा अबस्थित छोरेपाटन माविका  बिज्ञान संकाय बिधार्थीहरुले  पोखरा २२ पुम्दिभुम्दीमा अबस्थित महेश्वरि माध्यमिक बिध्यालयमा शैक्षिक सामाग्री बितरण गरेका छन् । 


माध्यमिक तह सम्मको बिधालय भएपनी प्राविसम्मका जेहेन्दार र आर्थिक अवस्था कम्जोर भएका बिधार्थिहरुलाई   शैक्षिक सामाग्री बितरण गरिएको  विद्यार्थी विशाल रिमालले बताए।


कोभिडले गर्दा आँफुहरुले  बिधाइ कार्यक्रम गर्न नसके पनि  बिधाइको स्वरुप केही सहयोग गरेको उनले बताए  ।


''करिब ५४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने योजना थियो तर केही विद्यार्थी कोभिडको माहोल भएको भएर बिधालयमा उपस्थिति नभएको कारण जति उपस्थित हुनुहुन्थ्यो उहाँहरुलाइ हामिले नै हस्तान्तरण गर्यौ र बाकी अनुपस्थित विधार्थीलाई पछि बिधालय आफैले हस्तान्तरण गर्ने निर्णय गरियो।'' रिमालले भने 

No comments:

Post a Comment