पछिल्लो २४ घण्टामा ८९८ जना काेराेना भाइरसका सङ्क्रमित थपिए - Reporters7

Breaking

Post Top Ad

 


Friday, October 1, 2021

पछिल्लो २४ घण्टामा ८९८ जना काेराेना भाइरसका सङ्क्रमित थपिए


 पछिल्लो २४ घण्टामा ८९८ जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ११३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


यस्तै, तीन हजार २५५ वटा एन्टीजेन परीक्षण गर्दा १६८ जनाको कोरोना संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३२ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।


सक्रिय सङ्क्रमित हुने १८ हजार ११५ जना छन् ।

No comments:

Post a Comment