किन मनाइन्छ विजयादशमी , के छ यसको महत्व .... - Reporters7

Breaking

Post Top Ad

 


Saturday, October 16, 2021

किन मनाइन्छ विजयादशमी , के छ यसको महत्व ....


विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवैमा रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । 


 हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव-पर्व सुरु भएको हो ।


हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेकोछ। प्रत्येक व्यक्ति र समाजको खूनमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ। यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो। भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ। 


भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए। मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए। इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय-प्रस्थान गर्दथे।


अद्भुत रामायण र श्रीमद् देवी भागवत अनुसार अर्को कथा प्रसंग जोडिएको छ दशैंसंग । रामले रावणको बध गरेर अयोध्या फर्के पछी ठुलो जनसभा भयो । उक्त  सभामा  रामको जयजयकार र वीरताको बखान चली रहंदा सीताले मुख लेप्र्याएर व्यंग्य मुश्कान छोडेको दृश्य  बिश्वामित्र ले याद गरेका रहेछन् । जनसभा समाप्त भए पश्चात बिश्वामित्रले सीतासंग सोधे । धेरैबेरको अनुरोध पछी सीताले भनिन् त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको बिरताको यत्रो बखान हुन्छ भने  सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ! त्यसकारणले हाँसेकी हुँ । सीताको यो अभिव्यक्तिले रामसभामा ठुलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको बध नगरिछोड्दिन । रामले प्रतीज्ञा गरे । युद्धको तयारी भयो ।


घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए ,कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन बिजयोत्सब मनाए ।


श्रीमद देवी भागवत र तुलसी कृत रामायण  अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भए पछी शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । 

No comments:

Post a Comment