दुई लाख घु'स लिएको अभि'योगमा सवइन्जिनियर प'क्राउ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 6, 2021

दुई लाख घु'स लिएको अभि'योगमा सवइन्जिनियर प'क्राउ


 सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा सवइन्जिनियर पक्राउ परेका छन्  । 


 जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।


आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।


कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको  छ ।


 आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

No comments:

Post a Comment