पछिल्लो २४ घण्टामा ६३६ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Saturday, October 9, 2021

पछिल्लो २४ घण्टामा ६३६ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा ६३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार १६८ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


यस्तै, पाँच हजार ८६३ वटा एन्टीजेन परीक्षण गर्दा १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा ८९९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २२१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

No comments:

Post a Comment