सामान्यत टिकाको दिन शुरु भएको टिका लगाउने क्रम कोजाग्रत पूर्णीमाको दिनसम्म चल्ने हुदाँ टिका लगाउन आवतजावत गर्नेहरुको चहलपहल बढ्ने गर्दछ ।
टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।
कोरोनाको संक्रमण कायमै रहेपनि अघिल्लो बर्षको तुलनामा यस बर्ष दशैंको चहलपहल बढी देखिएको छ ।
तर कतिपयले भने कोरोना महामारीको कारण घरमै सिमित भएर दशैं मनाएका छन् । महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।
No comments:
Post a Comment